दोलखा। दोलखामा खोलाले बगाउँदा बुबाछोरा बेपत्ता भएका छन् ।खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन्।
गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवै जनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए। स्थानियवासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ।