धनगढी। भिमदत्त राजमार्ग सुचारु भएको केहि समयमै फेरी अवरुद्ध भएको छ। सोमबार राती भएको अविरल वर्षाका अवरुद्ध भएको राजमार्ग शनीबार दिँउसो एकतर्फी रुपमा सञ्चालनमा आएको थियो।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले साना र हलुका सवारीमात्रै पास गर्न भनेको थियो। तर जोखिम मोलेर तरकारी सहित अन्य सामग्री बोकेको लोड सवारीहरु पनी पास गर्न खोज्दा फेरी सडक बिग्रीएको जनाईएको छ।
आज दिनभरी फसेकै गाडीहरु निकाल्नमै जेसिबि प्रयोग भएपछी थप काम गर्न नपाईएको सडक डिभिजनको भनाई छ। फेरी पानी पर्न थालेका कारण थप समस्या भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ४ स्थीत बुढीतोलामा सडक भासीएका कारण राजमार्ग पाँच दिनदेखी अवरुद्ध थियो ।