कैलाली। कैलालीको गोदावरी नगरपालिका गेटामा स्वास्थ्य बिज्ञान विश्वबिधालयको माग सहित एक युवाले काठमाण्डौको माईतीघर मण्डेलमा आन्दोलन शुरु गरेका छन।
६ सय सैयाकै अस्पताल बन्नु पर्ने मागगर्दै सुदूरपश्चिम प्रदेशको अत्तरियाका प्रभात जोशीले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन। उनले धर्ना,सत्याग्रह हुँदै माग पुरा नगरे आमरण अनशन बस्ने समेत चेतावनी दिएका छन। सरकारले एक सय बेडको अस्पतालको तयारी गरिरहेको बेला जोशीले आन्दोलनको घोषणा गरेका हुन।