कैलाली। कैलालीको बुढीतोलास्थीत अवरुद्ध रहेको भिमदत्त राजमार्ग आंशिक रुपमा सुचारु भएको छ। सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बुढीतोलाबाट खाली ट्रक तथा टिप्पर गन्तव्यतिर आंशिक रुपमा जान थालेको बताएको छ।
सोमबार राति आएको अविरल वर्षाका कारण सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमागको भ्यागुते पानी, बुढी तोला लगायतका क्षेत्रमा पहिरो जाँदा सडक अबरुद्ध बनेको थियो । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–४ बुढीतोलामा सडक भाँसिएपछि नयाँ ट्रयाक खोलिएको छ।
खोलिएको नयाँ ट्रयाकमा पनी मुस्कीलले खाली गाडीहरु आवतजावत चलाउन दिइएको ट्राफिक प्रहरीले जनाएको छ। तर नयाँ ट्रयाकको जमिन मुनी पानी भएकाले सडक हिलाम्य हुँदा अन्य यातायातका सवारी साधनलाई सञ्चालनमा आउन नदिइएको प्रहरीले जनाएको छ। अहिले सो ट्रयाकमा ढुंगा भर्ने कार्य भइरहेको छ। बर्षा नभएमा आज शनिवार साँझसम्म सडक सञ्चालनमा आउने प्रहरीले बताएको छ ।
गत सोमवार राति पहिरो गएसंगै ५ दिनदेखि यातायात अवरुद्ध रहेको छ। पहिरोका कारण सुदूर पहाडका सात जिल्लाका सडक सम्पर्क टुटेको छ । सडक अवरुद्ध भएपछि यात्रुहरुलाई आवतजावतमा समस्या भैरहेको छ। यातायात सुचारु नहुँदा दैनिक उपभोग्यका सामग्री ढुवानी नहुँदा पहाडी जिल्लामा खाद्यान्न अभाब भएको छ।