कैलाली । कैलालीको गोदावरी नगरपालिकाबाट लागुऔषध सहित २ जना युवक पक्राउ परेका छन । कैलालीको गोदावरी नगरपालिका-२ तेघरीको महराटोलबाट लागुऔषधसहित स्थानिय २३ वर्षीय उत्तम महरा र १९ वर्षीय धुर्ब भट्ट पक्राउ परेका हुन।
उनीहरुको साथबाट १२० मिलिग्राम लागुऔषध बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।उनीहरुमाथी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।