धनगढी। कैलालीमा चित्तलको बच्चा फेला परेको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थीत शिवनगर टोलमा अन्दाजी ६ महिनाको चितलको बच्चा फेला परेको हो।
गोदावरी नगरपालिका-४ शिवनगर टोलका देवराज भट्टको कुकुरले शुक्रवार राति जंगलबाट चित्तलको बच्चा लखेटेर ल्याएको स्थानियले बताएका छन्। स्थानियले प्रहरीलाई सो बारे खबर गरेपछि इलाका प्रहरी कार्यालय मालाखेतीले चित्तलको बच्चाको उद्वार गरेको छ। चित्तलको बच्चा सब डिभिजन वन कार्यालय अत्तरियालाई बुझाइने बताइएको छ।