कैलाली। औषधि ब्यवस्था विभाग नेपालगञ्जको अनुगमन टोलीले कैलालीको लम्कीका ४ वटा अबैध औषधि पसल सिल गरेको छ।
औषधि ब्यवस्था विभाग नेपालगञ्जको अनुुगमन टोलीले विहिबार औषधि ब्यवस्था विभागमा दर्ता नभएका तथा औषधि बिक्रिवितरणको लागि सम्बन्धीत निकाय बाट अनुमति नलिएको भेटीएकोले उक्त अबैध औषधि पसल सिल गरेको बताएको छ।
कैलालीको लम्की स्थीत रमेश कुवँरले सञ्चालन गरेको आरके क्लिनिक, चन्द्रप्रसाद धमालाले सञ्चालन गरेको सिपी क्लिनिक, प्रेमबहादुर चौधरीले सञ्चालन गरेको साधना एग्रोभेट सेन्टर, महेश जैशीले सञ्चालन गरेको आरडी महेश क्लिनिकमा सिलबन्दी गरीएको औषधि ब्यवस्था विभाग नेपालगञ्जका फार्मेसि निरिक्षक दिपेन्द्र कुमार साहले बताए ।
उनले सिलबन्दी गरीएका औषधिपसलहरु क्लिनिकको अनुमतिमात्र लिएको तर औषधि ब्यवस्थाविभाग बाट अनुमति नलिएकाले उनीहरुलाई कानुनी दायरामा ल्याउनका लागि औषधि विक्रिवितरण गरीरहेको पाइएकोले क्लिनिकमा सिल गर्नु परेको बताए। औषधि पसल सञ्चालनको लागि छुट्टै अनुमतिलिनको लागि सो पसललाई पक्रियामा जानुपर्ने उनले बताए ।