कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा सर्पले डसेर युवतीको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका-७ पौलाहाकी २१ वर्षिया शितल रानाको सर्पले डसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीका अनुसार बिहीबार राति आफ्नै घरमा सुतेका बेला सर्पले डसेको थियो। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।