कैलाली। कैलालीका पहिरो पीडितहरुले सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा धर्ना दिएका छन्। कैलालीको चुरे गाउँपालिका र गोदावरी नगरपालिकाका पहिरो पीडितहरुले आज बिहीबार मुख्यमन्त्रीको कार्यालय अगाडी पुगेर व्यवस्थापनको माग गर्दै धर्ना दिएका हुन्।
कैलालीको चुरे र गोदावरीका १६९ घरपरिवारले मुख्यमन्त्री कमल बहादुर शाहलाई व्यवस्थापन गर्न माग गरेर धर्ना गरेका छन्। २०७७ सालमा आएको पहिरोबाट विस्थापित भएका चुरे गाउँपालिका वडा नम्बर ४ मा रहेको पनेरुगडामा बसिरहेका उनीहरूलाई जेठ ६ गते त्यहाँबाट हटाइएको थियो। त्यसपछि आफन्तको घरमा बसिरहेकाहरू अहिले दीर्घकालीन व्यवस्थापनको माग गरिरहेका हुन्।
चुरे गाउँपालिका र गोदावरी नगरपालिकाका जनप्रतिनिधिसँग समन्वय गरेर व्यवस्थापन गर्ने भन्दै आफूहरूलाई हटाइएको उनीहरुको आरोप छ। बर्षातको समयमा थप पिडीत बनेको र समस्या समाधानमा कसैले पनि चाँसो नदिएको आरोप उनीहरुको छ। सरकारले समयमै आफुहरुको माग सम्बोधन गर्नुपर्ने उनीहरुको जोड छ।