धनगढी। कैलालीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। कैलालीको गोदावरी–९ धनचौरीका ४० वर्षीय रत्न प्रसाद भट्टराईलाई खुटिया खोलामा आएको बाढीले बगाएको हो।
आफन्तका अनुसार भट्टराई हिजो(बुधवार) दाउरा निकाल्न भनेर खुटिया खोलातर्फ गएका थिए। दाउरा निकाल्न गएका बेला उनलाई अविरल वर्षासँगै खुटिया खोलामा आएको बाढीले बगाएको थियो। बाढीले बगाउँदा बेपत्ता भएका भट्टराई आज बिहीबार पानी जमेको खल्लामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ।