धनगढी। कैलाली जिल्ला क्रिकेट संघको सदस्यता छानविन गरि आवश्यक कार्वाहीका लागी राष्ट्रिय खेलकुद परिषद काठमाण्डौँलाई निवेदन पेश गरिएको छ।
संघका उपाध्यक्ष बाबुराजा श्रेष्ठले राष्ट्रिय खेलकुद परिषदलाई निवेदन पेश गर्दै संघको श्रावण २५ गते हुने अधिवेशनमा प्रतिनिधी छनौटका क्रममा योग्यता नपुगेका र फर्जी प्रतिनिती छनौट गरी केन्द्रमा पठाएको हुँदा आवश्यक छानविन गर्न माग गरेका छन्। फर्जी प्रतिनिती छनौट गरी केन्द्रमा पठाइएका १४ जना प्रतिनिधीहरुको छानविन गरी रोक्का गर्न र बिधान विपरित कार्यमा संलग्न जोकोहीलाई कार्वाही गर्न समेत माग गरेका छन्।
साथै कैलाली जिल्ला क्रिकेट संघले असार ३१ गते गरेको प्रकाशीत सुचना समेत विधान बमोजिम प्रकाशित नगरी फर्जी प्रतिनिती छनौटलाई प्रोत्साहित गरेको समेत निवेदनमा उल्लेख गरेका छन्।त्यस्तै सो बिषयका बारेमा कैलाली जिल्ला क्रिकेट संघका उपाध्यक्ष श्रेष्ठले उच्च अदालत पाटनमा मुद्दा हालेका छन्।नेपाल क्रिकेट संघ मूलपानी काठमाण्डौँलाई विपक्षी बनाएर हालेको मुद्धा अधिवक्ता अनिल कुमार श्रेष्ठले बहस गरेका थिए।
कैलाली जिल्ला क्रिकेट संघको साउन १६ मा नयाँ सदस्यता थप गर्ने गरी भएको निर्णय र सोको प्रमाणिकरणको लागी नेपाल क्रिकेट संघलाई साउन १६ मा गरेको पत्राचार तथा कैलाली जिल्ला क्रिकेट संघको साउन २५ को साधारण सभा तथा संघ सम्बन्धित कुानै काम कारवाही अगाडी नवढाउन अल्पकालिन आदेश जारी गरिएको छ ।यो सँगै कैलाली जिल्ला क्रिकेट संघको श्रावण २५ गते हुने भनिएको अधिवेशन अन्योलमा परेको छ ।