धनगढी। नेपाली सेनाका केही जर्नेलहरुको सरुवा भएको छ। नेपाली सेनाले सुदूरपश्चि पृतनाका जर्नेल बदली गरेको छ । नेपाली सेनाको हेडक्वार्टरका अनुसार सहायक रथी सुरत रावललाई सुदूरपश्चिम पृतना हेडक्वार्टरमा खटाइएको छ ।
उनी चरक बाहिनीमा रहे पनि सुदूरपश्चिम पृतना हेडक्वार्टरमै कार्यरत थिए ।सुदूरपश्चिम पृतना हेडक्वार्टरमा दरबन्दी भई राष्ट्रिय प्रतिरक्षा महाविद्यालयमा काजमा खटिएका सहायक रथी टंकप्रसाद भट्ट सैनिक सचिव विभागको अतिरिक्त समूहमा पुगेका छन्।
तर उनी महाविद्यालयमै काजमा रहने छन् । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा दरबन्दी रहेर १७ नम्बर बाहिनी अड्डामा काजमा खटिएका जर्नेल भोलानाथ थापालाई उक्त बाहिनी अड्डाको बाहिनीपति बनाइएको छ। नम्बर १८ बाहिनी अड्डामा रहेर उत्तर पश्चिम पृतना हेडक्वार्टरमा काजमा खटिएका सहायक रथी सन्तोषराज पाण्डेलाई उत्तर पश्चिम पृतना हेडक्वार्टर सरुवा गरिएको छ। नम्बर १७ बाहिनी अड्डामा रहेर पश्चिम पृतना हेडक्वार्टरमा काजमा खटिएका अर्का जर्नेल लक्ष्मण थापालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ।