धनगढी। नेपाली काँग्रेसका नेता सुरत बहादुर कार्की कारबाहीमा परेका छन्। उनलाई पार्टीको जिल्ला कार्यसमितिले महत्त्वपूर्ण पदीय जिम्मेवारीमा बसेर पार्टी हितको बर्खिलाप सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै अनुशासनको कारबाही गरिएको जनाएको हो।
पार्टी हितको बर्खिलाप, पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता कार्यकर्ताको मानहानि हुने गरी सार्वजनिक अभिव्यक्ति दिने गरेको र सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको देखिएको जिल्ला कार्यसमितिले जनाएको छ। उनलाई अनुशासनको कारबाही गर्दै पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको छ। उनलाई पार्टीले कारबाही गरेपछि सामाजिक सञ्जालमा नेता कार्यकर्ताहरूले नेतृत्वको विरोध गरेका छन्।