धनगढी। कैलालीको चौमालामा टिप्परले विङ्गरलाई ठक्कर दिदाँ ९ जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तरगत चौमालाको गोप्का चोकमा से १ क ६२६ नम्बरको टिप्परले भे १ ज १३२१ नम्बरको विङ्गरलाई ठक्कर दिदाँ ९ जना घाइते भएका हुन्।
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित गोप्कामा टिप्पर र विङ्गर आपसमा ठोकिएर भएको दुर्घटनास्थलमा नेपाल प्रहरी पुगेर उद्दार गरेको हो। विङ्गर चालक कञ्चनपुरको बेलौरीका ३९ वर्षीय सोकन राना र टिप्पर चालक चुरे गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय तेजबहादुर बुढाथोकीलाई इलाका प्रहरी कार्यालय, चौमालाले नियन्त्रणमा लिएको छ। घाइते भएका नौ जनाको बडिमालीका पोलिक्लिनिक चौमालामा उपचार भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतिका प्रहरी निरीक्षक बासुदेव भट्टले जानकारी दिएका छन्।