धनगढी : नेपाली काग्रेंस निकट बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्यमा योगेश जोशी मनोनित भएका छन् । लामो समय बिद्यार्थी राजनितिमा होमिएका जोशी नेवीसंघको केन्द्रिय सदस्यमा मनोनित भएका हुन् । बिभिन्न बिद्यार्थी आन्दोलनमा निकै सक्रियताका साथ काम गरेका जोशी बिभिन्न आन्दोलनका क्रममा प्रहरी हिरासत सम्म समेत पुगेका छन् । बिद्यार्थीका मुद्धा सम्बोधन गराउने देखी शैक्षिक बेथिती बिरुद्ध निकै सक्रिय जोशी नेवीसंघको केन्द्रिय सदस्यमा मनोनित भएसंगै खुशी छन् । संगठनले आफ्नो मुल्याकंन गरेकोमा उनले धन्यवाद दिएका छन् ।
नेपाल बिद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा गठन भएको केन्द्रीय तदर्थ समितिमा जोशी मनोनित भएका हुन् । ७१० सदस्यीय केन्द्रीय तदर्थ समितिमा देशैभरीबाट सदस्यहरु मनोनित भएका छन् । जोशी सहित कैलालीबाट २४ जना केन्द्रिय सदस्यमा मनोनित भएका हुन् ।