धनगढी। धनगढी जेसिसले लागुऔसध दुर्ब्यसन सम्बन्धि जनचेतनामुलक र्याली निकालेको छ। समुदायमा जेसिस भन्ने मुल नाराका साथ जेसिस सप्ताह २०२३ अन्तर्गत आज तेस्रो दिन उक्त र्याली निकालिएको हो।
समुदायमा बढ्दो लागुऔसत दुर्ब्यसनी र ड्रग्सको बढ्दो समस्यालाई मध्यनजर गर्दै विभिन्न बिद्यालय र क्याम्पसका बिद्यार्थीलाई सहभागी गराइ नेपाल प्रहरीको सहयोगमा जनचेतना मुलक कार्यक्रम राखिएको कार्यक्रमका संयोजक जेसि गणेश शाहीले बताए। मनोरोग बिसेषज्ञ डा.प्रभात सापकोटा लागुऔसत तथा चरेस सम्बन्धी विशेष अनुसन्धान तथा अध्यन गरेको हुदा उहाले पनि बिद्यार्थीहरुलाई आफ्नो अनुभवहरु बताएका थिए।
तेस्रो कार्यक्रम अन्तरगत धनगढीको छ लेन सडक हूँदै ओम प्यालेससम्म गरिएको लागु औसत दुर्ब्यसन सम्बन्धि जनचेतना मुलक बृहत र्यालीको धनगढी जेसिसका अध्यक्ष मोहनराज ओझाको सभापतित्तोमा सम्पन्न गरिएको हो। कार्यक्रममा प्रमुख अतिथी सुदुरपस्चिम प्रदेशका प्रहरी बरिस्ठ उपरीक्षक एसएसपी प्रज्वल महर्जन, धनगढी उपमहानगरका नगरप्रमुख गोपाल हमालको उपस्तिथि रहेको थियो।
त्यस्तै बिशिस्ट अतिथिमा कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोस बस्याल,धनगढी वडा नं ५ का वडा अध्यक्ष गजेन्द्र शाही, मनोरोग बिसेषज्ञ निसर्ग हस्पिटल का डा. प्रभात सापकोटाको पनि उपस्तिथि रहेको थियो। उक्त कार्यक्रममा शशत्र प्रहरी, श्रीपेच होटेल मेनेजमेन्ट कलेज,सि सि एस प्लसटु, रोयल शुट हाउस र एप्प्ल फिजी होरजेन्टलले सहयोग गरेको थियो । जेसिस सप्ताह २०२३ को सप्ताह व्यापी कार्यक्रमका मुल संयोजक जेसि जनार्दन बम्म र कार्यक्रम संयोजक जेसि गणेश शाही, सल्लाहकार जेसि डिल्लिराज भण्डारी र सह–संयोजक जु. जेसि सुभम पनेरु रहेका थिए ।