धनगढी। धनगढी उपमहानगरपालीका १२ को बेहडाबावा आधारभुत बिद्यालय समायोजन गर्ने गरेको निर्णयप्रति पुनरबिचार गर्न उपमहानगरपालीका लाई ध्यानाकर्षण गराइएको छ।
बिद्यालय ब्यवस्थापन लगायत संधर्ष समितीले आज धनगढी उपमहानगरपालीकाका नगर प्रमुख गोपाल हमाललाई भेटि ध्यानाकर्षण गराएका हुन्। २०७२ सालमा कक्षा ५ को अनुमती पाइ सञ्चालनमा रहेको उक्त बिद्यालयलाई उपमहानगरपालीकाले साउन १३ को कार्यपालिका बैठकले समायोजन गर्ने गरेको निर्णयप्रती उनीहरुले आपत्ती जनाएका हुन्।
कार्यपालिकाको बैठकले साउन १३ गते धनगढी उपमहानगरका १४ ओटा विद्यालयहरू समायोजन गर्ने निर्णय गरेको थियो। बेहडाबावा आधारभुत बिद्यालय मापदण्ड बिपरित समायोजन गर्नु ठिक नभएको संधर्ष समितीका संयोजक ललित कुमार केसीले बताए। उनले कक्षा ५सम्म पढाई हुने बिद्यालयसँग १०३ जना बिद्यार्थी रहेकोमा समायोजन प्रक्रियामा नजाने अवस्था रहेको बताए। गलत निती र निर्णयले उपमहानगरपालीका १२ कै सिद्धनाथ मावीसँग गाभ्ने कार्य ठिक नभएको बताए।
शिक्षा नियमावलीले आधारभुत बिद्यालयमा १०० बिद्यार्थी सँख्या हुनुपर्ने नियम रहेको र बेहडाबावा आधारभुत बिद्यालयमा १०३ जना रहेको बताए। बिद्यार्थीहरु थपिदै गएको र प्रक्रिया नै पुग्दा बिद्यालय समायोजन मापदण्ड बिपरित रहेको बताए। यस्तै बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राम चन्द्र भट्टले कानुनी रुपमा बिद्यालय समायोजन हुने अवस्था नरहेको दाबी गर्दै समायोजन हुने बिद्यालय समायोजन नभएको बताए। उपमहानगरले समायोजन गर्नुपुर्व अनुगमन र राय सल्लाह अनुसार निर्णय गर्नुपर्ने बताए।
बेहडाबावा बिद्यालय कानुनी प्रक्रिया तथा मापदण्ड पुगेको तथा कक्षा १,२ देखी नै अंग्रेजी माध्यमबाट पढाई सुरु देखी नै सञ्चालन गरेको पहिलो बिद्यालयको भएको बताए। उनले मेयर र नगर शिक्षा समितीले अनुगमन नगरिकन हचुवाको भरमा गरिएको निर्णय गलत भएको सच्याउन समेत माग गरेका छन्।संघर्ष समितीले बिद्यालयको बिद्यार्थी संख्या बढ्दो रहेको, समायोजन हुने बिद्यालयको दुरी तोके भन्दा टाढा रहेको, बेमौसमी समयमा समायोजनको निणय गरिएको, नयाँ शैक्षिकसत्रको मुखैमा समायोजन हूँदा बिद्यार्थीको मानसिकमा नराम्रो प्रवाह पर्ने भएको, समायोजन प्रक्रियामा निर्देशिकाले तोकेको नगर शिक्षा समितीको काम पुरा नगरी समायोजन गरेको, नगर शिक्षा अनुगमन समितीले परिच्छेद २ को ३० को दफा १ को प्रकृया न पुगाइ समायोजन सिफारिस गरेको कारण उचित नहुने बिद्यालयले ध्यानाकर्षण गरेको पत्रमा उल्लेख गरिएको छ । यता धनगढी उपमहानगरपालीकाका मेयर गोपाल हमालले भने समायोजनमा जानैपर्छ भन्नेमा कुनै निर्णय नभएको र वडाबाट सिफारिस ल्याउन सुझाब दिए। वडा कार्यालयबाट गरेको निर्णय र सिफारिस ल्याए अनुसार उपमहानगरले गर्ने सहयोग रहने बताए। उपमहानगरले सरकारले दिदै आएको सेवा सुबिधा र मापदण्ड निर्धारण तोकीए अनुसार हुने बताएका छन्।