धनगढी। कैलाली र कञ्चनपुरबाट साढे ३ लाखका भन्सार छलीका सामान बरामद गरिएका छन्। शनिवार प्रहरीले कञ्चनपुरको पुनर्वास र कैलालीको धनगढीबाट तीन लाख ३० हजार बढीका भन्सार छलीका सामान बरामद गरेको हो।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मोहना नदीको किनाराबाट प्रहरीले भन्सार छलीका सामान बेवारिसे फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ। अवैध २ लाखका साडी, धोती, लेडिज सुट, लेहङ्गा लगायतका कपडा बरामद गरिएका हुन्।
यस्तै कैलालीको धनगढी वडा नम्बर ३ भन्सार नजिकबाट अवैध १५ हजार एक सय ५५ रुपैयाँका श्रृगारका सामान, चिनी, स्याम्फु, बिस्कुट लगाएतका सामान बरामद गरिएको छ। यस्तै धनगढीको ३ चटकपुर नजिकबाट एक लाख १५ हजार मूल्यका साडी, ब्लाउज लगायतका सामानसमेत बरामद गरिएका छन् । प्रहरीले बरामद गरिएका भन्सार छलीका अवैध सामान कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाएको जनाएको छ।