कञ्चनपुर। कञ्चनपुरको पुनर्वासस्थीत एक गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका-११ राम जानकी टोलका अमर चौधरीको दुई तले गोठमा आगलागी भएको प्रहरीले जनाएको छ। चौधरीको घर नजिकै रहेको काठ र टायलले छाएको गोठमा शनिवार बिहान आगलागी हुँदा एक लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो।
आगलागीबाट गोठमा रहेको पराल, भुसा र काठ जल्दा एक लाख रुपैयाँको नोक्सानी भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले पुनर्वास नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको र सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।