कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनीमा श्रीमती हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन्। कञ्चनपुर प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिका–७ कंचभोजका ३४ वर्षीय प्रेमबहादुर बुढा क्षेत्रीलाई शुक्रवार राति प्रहरीले पक्राउ परेका हुन्।
प्रेमले घरको कोठा भित्र चक्कु प्रहार गरेर आफ्नै श्रीमती २२ वर्षीया द्रोपती बुढा क्षेत्रीलाई गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते द्रोपतीलाई उपचारको लागि प्रहरीले प्राथमिक स्वास्थ्य केन्द्र दोधारा पठाएको थियो। तर डाक्टरले उनलाई सोही रातिनै मृत्यु भएको घोषणा गरेको हो। कञ्चनपुर प्रहरीले सो घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।