कञ्चनपुर। कञ्चनपुरमा तीन जना लागुऔषधसहित पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत इलाका प्रहरी कार्यालय बेलौरी र बेलडाँडीबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार कञ्चनपुर बेलौरी नगरपालीका ६ हात्तिबोझाका बिरेन्द्र बडायक र सोही ठाउँका कालु रानाको साथबाट ० दशमलव ३२ ग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको छ। रानाले लगाएको कालो हाप पाईन्टको खल्तीमा पवन लेखेको सुर्तीको प्याकेटमा लागुऔषध राखेका थिए।
यस्तै जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ का रितिक थापा तीन दशमलव ६८० मिलिग्राम लागुऔषध खैरो हेरोईनसहित पक्राउ परेका छन्। उनीबाट से २ प ८४७८ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ। पक्राउ परेका तिनै जना माथी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।