कैलाली। कैलालीमा कुटपिट गरी नगद र मोवाइल लुट्ने २ जना पक्राउ परेका छन्। बिहीबार कैलालीको लम्कीचुहा नगरपालीका ३ बलचौरमा एक ब्यक्तीमाथी कुटपिट गरी नगद ९ हजार ५०० र एक थान मोवाइल लुट्ने सोही ठाउँका २४ बर्षिय कमल बादि र २३ बर्षिय हिमाल बादिलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार बिहीबार ९ बजे लम्कीचुहा १ स्थीत पुर्ब लम्किका ६० बर्षिय गोरख बहादुर बटाला बलचौरमा गाइ किन्न गई फर्कने क्रममा कुटपिट गरी उनीहरुले उक्त नगद र मोवाइल लुटेका थिए। बटालाले नगद र मोवाइल लुटेर भागेको जानकारी इलाका प्रहरी कार्यालय लम्कीमा गरेपछि खटिएको प्रहरी टोलीले लम्कीचुहा ३ बल्चौरमा लुकीछिपी बसेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैलाई जिल्ला अदालत धनगढी कैलालीबाट ५ दिनको म्याद थप भई डाँका चोरीमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।