धनगढी। कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाका बिभिन्न स्थानबाट ३ जना लागुऔषधसहित पक्राउ परेका हुन्। ८ सय ९० मिलिग्राम लागूऔषधसहित धनगढी वडा नम्बर ७ का २१ वर्षीय रबि राना पक्राउ परेका हुन्।
रबि रानालाई धनगढी उपमहानगरपालिका-१४ बाट पक्राउ गरेको हो। ३ सय ४० मिलिग्राम लागूऔषधसहित धनगढी वडा नम्बर १७ का १८ र १७ वर्षीय दुई किशोरलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । ति दुई किशोर प्रहरी चौकी कनरी र सशस्त्र प्रहरी बल फुलवारीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। साथै ती दुई जना किशोरले प्रयोग गरेको सुदूरपश्चिम प्रदेश ०१००९ प ६०५९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।
त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट पनि लागूऔषधसहित एक जना पक्राउ परेका छन्। ३ ग्राम ६ सय ८० मिलिग्राम लागुऔषधसहित कृष्णपुर नगरपालिका–४ का २१ वर्षीय रितिक थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलडाँडी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जाँच गर्ने क्रममा से.२ प ८४७८ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल छाडी फरार भएको र मोटरसाइकलमा सवार थापाको साथबाट लागुऔषध फेला पारेको छ। हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।