कैलाली। कैलालीको टीकापुरमा साइकलबाट लडेर एक वृद्धको मृत्यु भएको छ । आज बिहीवार दिउँसो कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँको कच्ची सडकमा ६६ वर्षीय बुद्दिराम थारुको साइकलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जानकी गाउँपालिका वडा नम्बर ३ नयाँ लायकपुर शिबिरका थारु पुरुवाबाट सामान लगेर लायकपुर शिविर जाँदै गरेको बेला साइकलबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले थारुको घटनास्थलमै मृत्यु भएको र घटनाका बारेमा थप अनुसन्धान भैरहेको बताए ।