कैलाली। कैलालीमा नुहाउनेक्रममा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ। कैलालीको चुरे गाउँपालिका-४ बालुवागाडाका रामबहादुर तारामी मगरकि १६ वर्षीया छोरी सर्मिला तारामी मगरको खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको हो।
घरदेखि केहि टाढा रहेको बालुवागाडा खोलामा नुहाउने क्रममा सर्मिलाको खोलाले बगाउँदा मृत्यु भएको हो। उनको शव नुहाउँन गएको स्थानबाट अन्दाजी ५ सय मिटर तल खोलामा भेटिएको हो । उनको शव खोलाको छेउमा आज बिहिवार बिहान मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।