धनगढी। कैलालीको धनगढीबाट सालको काठसहित एक जना अटो चालकलाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार कैलालीको धनगढी उप–महानगरपालिका–३ क्रेशर ग्राउण्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ राजघाटका १९ वर्षीय सुरेश मल्ल पक्राउ परेका हुन्।
से.१ स.३६६० नम्बरको अटोमा मल्ले ५ फिट लम्बाई भएको १९ थान सालको काठ ओसार पोसार गरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो । १९ थान सालको काठ र अटोसहित मल्ललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको काठ र अटोसहित मल्ललाई कारबाहीकालागि जिल्ला वन कार्यालयमा बुझाएको जनाएको छ।