धनगढी। कैलाली र कञ्चनपुरमा गरी लागु औषधसहित चार जना पक्राउ परेका छन्। कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रबाट चार जना लागुऔषधसहित बुधवार पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ त्रिनगर ब्यारेलबाट पाँच ग्राम लागुऔषसहित रमेश राना पक्राउ परेका छन् । अछामको मंगलसेन नगरपालिका वडा नम्बर १ घर भएका राना धनगढीको बसपार्कमा कोठामा बस्दै आएका थिए ।
यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर २ मिलनचोकबाट सात सय मिलिग्राम लागुऔषधसहित २५ वर्षीय विज्ञान बस्नेत पक्राउ परेका छन् । उता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ बनारापुलबाट ४८ ग्राम लागुऔषधसहित २८ वर्षीय तेजबहादुर राना र अर्जुनबहादुर राना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट कलुवापुरको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक थान मोटरसाइकलसमेत बरामद गरिएको छ।