धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र बङ्लादेशका राजदूत सलाहुद्धीन नोमन चौधरी बिच भेटबार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (बिहीवार) भेटघाट भएको हो।
भेटघाटका क्रममा सुदूरपश्चिम प्रदेशको विकासको सन्दर्भमा आवश्यक कुराकानी र बिकासका बारेमा बर्ता भएको मुख्यमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेशको पर्यटन,कृषि, व्यापार, शिक्षा र कनेक्टिविटी लगायत क्षेत्रमा बङ्लादेश सहयोग गर्न चाहेको राजदूत चौधरी बताए।