धनगढी। कैलालीमा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन्। कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर–६ बाट ४ नाल भरुवा बन्दुकसहित १ जना पक्राउ परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चौमालाको प्रहरी टोलिले विषेश सूचनाको आधारमा ४ नाल भरुवा बन्दुकसहित १ जनालाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छैन्। प्रहरीले पक्राउ परेकामाथी थप अनुसन्धान गरिरहेको जनाएको छ।