कैलाली। कैलालीको गोदावरी नगरपालिकाले निःशुल्क शव वाहन सेवा सञ्चालनमा ल्याएको छ । बुधबार बाट नगरले निःशुल्क रुपमा शव वाहन सेवा सञ्चालनमा ल्याएको हो।
नगरबासीहरुको सहजताका लागि शव वाहन सञ्चालनमा ल्याईएको नगरप्रमुख विरेन्द्र भट्टले जानकारी दिए । उनले शव वाहनले नगरका अति विपन्न परिवारहरुलाई राहत प्रदान गर्ने विश्वास व्यक्त गरे।
‘गोदावरीमा धेरैजसो पहाडी क्षेत्र छ, जहाँका स्थानियहरु आर्थिक रुपमा विपन्न छन’ उनले भने ‘त्यस्ता परिवारलाई शव लैजाने सवारी साधनको भाडा तिर्न समेत समस्या पर्ने गर्दछ, सोही समस्या समाधान गर्न निःशुल्क शव वाहन सेवा सञ्चालनमा ल्याईएको हो।’
उनले नगरमा सञ्चालित शव वाहनले नगरका सबै वडाहरुमा रहेका नागरिकहरुलाई सेवा दिने लक्ष्य राखेको बताए । उनका अनुसार नगरपालिकाले ३१ लाखको लागतमा उक्त शव वाहन सञ्चालनमा ल्याएको हो ।यानभित्र पार्थिव शरीर र किरियापुत्री बस्न मिल्ने छुट्टाछुट्टै ठाउँ बनाइएको छ। यानको अगाडिको भागमा फूलमालासहित मृतकको तस्विर राख्न मिल्ने बताइएको छ ।