कञ्चनपुर। कञ्चनपुरमा खुकुरी देखाएर लुटपाट गर्ने ३ जना पक्राउ परेका छन्। कञ्चनपुरको दक्षिण–पूर्व क्षेत्रको हुलाकी राजमार्गमा ओहोर–दोहोर गर्ने मान्छेलाई खुकुरीले डर देखाएर लुटपाट गर्ने गरेको आरोपमा तीन जना युवा पक्राउ परेका हुन्।
उनीहरुले ओहोर दोहोर गर्नेलाई घाँटीमा खुकुरी राखेर डर देखाएर लुटपाट गर्ने गरेका स्थानियले बताएका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ का २३ वर्षिय विजय गिरी र २५ वर्षिय माने तामाङ तथा पुनर्वास नगरपालिका वडा नम्बर ६ का २१ वर्षिय राजी कोइराला रहेका छन्।
उनीहरुको साथबाट दुई वटा मोटरसाइकलसमेत बरामद गरिएको छ।उनीहरुको समूहले हुलाकी राजमार्गमा ओहोर दोहोर गर्नेहरुलाई खुकुरी देखाएर मान्छेलाई डर, धम्की देखाएर रकम असुली गर्दै आएको आरोपमा प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय, त्रिभूवनबस्तीले जनाएको छ। उनीहरुमाथी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।