धनगढी। एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसको २०औं वार्षिकोत्सवको अवसरमा धनगढी शाखाले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। पूरानो भन्सार रोडमा रहेको एक्सपर्ट कार्यालय अगाडि यही साउन २३ गते बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम आयोजना हुने भएकाले कार्यक्रममा सहभागिताका लागि सम्पूर्णलाई अनुरोध गरिएको छ।
रक्तदान जीवनदान भन्ने नाराका साथ हुने उक्त कार्यक्रममा सहभागिता जनाईं पुण्यको काममा सहभागिताका लागि एक्सपर्टले अनुरोध गरेको छ ।वैदेशिक शिक्षा र भिसा सेवालगायतको सेवा प्रदान गर्दै आएको एक्सपर्टले विद्यार्थीहरुद्याई अष्ट्रेलिया, यूके, क्यानडालगायत देशहरुमा अध्ययनका लागि जान सहजीकरण गरिरहेको छ ।