धनगढी। धनगढी ३ का हेम राज पन्तले बुवा र बाजेको स्मृतिमा दोस्रो चरणको हरियाली प्रबर्द्धन कार्यक्रमलाई सहयोग गरेका छन् । धनगढी उप–महानगर द्वारा हरियाली प्रवर्द्धन गर्ने र धनगढीलाई पर्यावरण मैत्री बनाउने उद्देश्यका साथ सञ्चालन भएको उक्त कार्यक्रमा पन्तले २ वटा बिरुवा बराबरको सहयोग गरेका हुन्।
पन्तले आफ्ना स्व. बाजे भानु देव पन्त र स्व. बुवा देवी दत्त पन्तज्यूको स्मृतीमा सो अभियानमा १० हजार रुपैयाँको सहयोग गरेका हुन् । सो अभियानमा साथ दिनुभएकोमा उपमहानगरपालीकाका मेयर गोपाल हमालले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। धनगढी उपमहानगरपालीकाद्धारा हाम्रो धनगढी हामी बनाउछौं अभियान अन्तरगथ दोस्रो चरणको हरियाली प्रवर्द्धन कार्यक्रम चलिरहेको छ।
” हरियाली प्रर्वधनकोष”का लागि सहयोग गर्न धनगढी उप–महानगरपालिका खाता नं. :-4170100305010002 राष्ट्रिय बाणिज्य बैंक २) e-banking सेवाका लागि A/c No. 30607010022604 Surendra Prasad Bhatta Global IME Bank सम्पर्क न.9858488895 ३) धनगढी उप-महानगरपालिकामा आएर नगद बुझाउन सकिनेछ।