कञ्चनपुर। कञ्चनपुरमा वन मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्। वन मुद्धामा फरार रहेका कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का समिर भन्ने रामभरासे रानालाई उनकै घरबाट प्रहरीले आज सोमवार पक्राउ गरेको हो।
रानालाई जिल्ला अदालत कञ्चनपुरले ‘वन पैदावार ओसार पसार’ मुद्धामा २०७६ माघ १५ गते पाँच महिना २६ दिन कैद र ३४ हजार ३४० रुपैयाँ जरिबाना तोकेको थियो। राना सोहि दिनबाटै फरार रहेको थिए। अदालतले रानालाई आजै सजाय भुक्तानकालागि कारागार चलान गरेको प्रहरीले जनाएको छ।