कैलाली। कैलालीमा बेपत्ता एक युवतीको शव फेला परेको छ। डेढ महिनादेखि बेपत्ता कैलाली लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव आज फेला परेको प्रहरीले जनाएको छ ।
मन्जुको मोहन्याल गाउँपालिका-५ स्थित बाँसघारी सामुदायिक वनभित्र आज (आइतवार) शव फेला परेको प्रहरीले बताएको छ। उनी जेठ २५ गतेदेखि हराइ रहेकी थिइन् । प्रहरीको टोली अहिले घटना स्थलमा प्रहरी पुगेर घटनाको अनुसन्धान गरिरहेको बताइएको छ।


