धनगढी। कैलालीको अत्तरियास्थीत रेडियन्ट ग्यास उद्योगलाई जरिबाना गरिने भएको छ। उद्योग अनुगमनका क्रममा ग्यास सिलिन्डरमा मापदण्डभन्दा कम र बढी ग्यास भरेको भेटिएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।
शुक्रवार उद्योगमा गरिएको अनुगमनका क्रममा सिलिन्डरमा तोकिएभन्दा निकै कम र कुनै सिलिन्डरम तोकिएभन्दा बढी ग्यास भर्ने गरेको फेला पारेकोले जरिबाना गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए।
जोशीको नेतृत्वमा गएको अनुगमन टोलीले ग्यास उद्योगले १४ दशमलव २ किलोग्राम ग्यास भर्नुपर्नेमा कुनै सिलिन्डरमा तोकिएभन्दा निकै कम र कुनै सिलिन्डरम तोकिएभन्दा बढी ग्यास भर्ने गरेको फेला पारेको हो। बढी ग्यास भर्दा सिलिन्डर बिस्फोट हुन सक्ने जोखिम रहने र तोकिएभन्दा कम ग्यास भर्दा पनि कानूनको उल्लङ्घन गरिएको देखिएकाले ५० हजार जरिबानासहित सचेत गराउने निर्णय भएको उनले बताए।