धनगढी। धनगढीस्थित एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले विद्यार्थीहरुसंग एकदिने अभिमुखिकरण कार्यक्रम गरेको छ।
शनिवार विद्यालयले कक्षा ११ मा कानुन, विज्ञान र व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थीहरूसँग एक दिने अभिमुखिकरण कार्यक्रम गरेको प्लस टु कार्यक्रम संयोजक घनश्याम मलासीले जानकारी दिए । अभिमुखिकरण कार्यक्रमले बिद्यार्थीहरुलाई सम्बन्धीत संकायको बिषयप्रति थप जानकारी पाइने बिश्वास लिइएको छ।