धनगढी। धनगढीको जिएस अटो पार्ट्समा आगलागी भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर- ८ स्थित जिएस जिएस अटो पार्ट्समा आगलागी भएको छ ।
कैलारी गाउँपालिका वडा नम्बर ४ का सुरज चौधरीले सञ्चालन गरेको जिएस अटो पार्ट्समा विद्युतको तार सर्ट भएर आगो लागेको प्रहरीले बताएको छ।आगलागीबाट ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए। चन्दले प्रहरी, स्थानीय र दमकलको प्रयोगले आगो नियन्त्रणमा लिइएको बताए। आगलागी भएको घर पार्वती पाण्डेयको रहेको प्रहरीले बताएको छ ।