धनगढी। कैलालीको मोहन्याल गाउँपालिका-७ को पितमारीमा होटेलमा यौनधन्दा गराएको अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले होटेलमा यौनधन्दा गराउने ४ युवती र ६ जना पुरुषलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। प्रहरीले पितमारी क्षेत्रका २र३ होटलमा छापा हानेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।