कैलाली। कैलालीको अत्तरीयामा सल्याबाट ल्याइएको सिमला मिर्च तरकारीमा विषादी भेटिएपछि नष्ट गरिएको छ। अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाइमा गरिएको परिक्षणमा १ क्यीन्टेल बढी सिमलामा उपभोग गर्न नमिल्ने बिषादीको मात्रा भेटिएपछि नष्ट गरिएको हो।
कार्यालयका बालि संरक्षण अधिकृत प्रमोद ठगुन्नाले सिमलामा ६५ दशमलव ८५ प्रतिशत अर्गानोफस्फेट रोकावट प्रतिशत भेटिएकाले नष्ट गरिएको बताए। उनले तरकारीमा ४५ प्रतिशत भन्दा बढी विषादीको रोकावट दर भेटिएमा विसर्जन गरिने गरेको बताए। उक्त सिमला कृषि उपज थोक बजार समितिको हाताभित्र रहेको एमके एग्रीकल्चर ग्रुप प्रालिमा भेटिएको थियो। उक्त सिमला शुक्रबार बिहान मात्रै ल्याइएको पसलका सेल्सम्यान रमेश सुनारले बताए।यसअघि असार २४ गते बैतडीबाट ल्याएको ४ क्यिुन्टल सिमलामा विषादी भेटिएपछि नष्ट भेटिएको थियो।