धनगढी। राष्ट्रिय अनुसन्धान विभागका सुदूरपश्चिम प्रदेशका प्रमुखले कार्यभार सम्हालेका छन्। अर्को शब्दमा गुप्तचर भनिने राष्ट्रिय अनुसन्धान विभागका प्रमुखका रुपमा आएका डिआईजी इन्द्र लामाले धनगढी पुगेर बिहीबार कार्यभार सम्हालेका हुन्।
उनी यसअघि विभागको ललितपुरमा कार्यरत थिए। एसएसपीबाट हालै डिआईजीमा बढुवा भएका लामालाई विभागले सुदूरपश्चिम पठाएको हो। हालै उनलाई बढुवालगत्तै सुदूरपश्चिम प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको थियो। यसअघि सुदूरपश्चिममा डिआइजी ओम खड्काले प्रदेशको कमाण्ड सम्हाल्दै आएका थिए।