कैलाली। जिल्लाको धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भन्सार छलिका सामान बरामद गरिएको छ ।अन्दाजी २७ हजार मुल्य बराबरका पास्ता, चिनी, पंखा लगायतका सामानहरु बुधवार प्रहरी गस्ति टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो ।
आवश्यक कारवाहीका लागी उक्त भन्सार छलिका सामान कैलाली भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।