धनगढी। कैलालीको धनगढीमा एम्बुलेन्सले पैदल यात्रीलाई ठक्कर दिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका-१३ भाटभटेनी नजिक ६ लेन सडकमा एम्बुलेन्सले ठक्कर दिँदा एक जना पैदल यात्री घाईते भएका छन्।
एम्बुलेन्सको ठक्करबाट कालीकोट रासकोट नगरपालिका-५ का २८ वर्षीय नकुल शाही घाईते भएका प्रहरीले जनाएको छ। चौमलाबाट धनगढी तर्फ जाँदै गरेको गौरीगंगा नगरपालिकाको सुपप्र०१००१ च ३६१८ नम्बरको एम्बुलेन्सको ठक्करबाट घाइते भएका शाहीको मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घाइते शाहीको दुबै घुडा र निधारमा चोट लागेको छ। एम्बुलेन्स र चालक गोदावरी नगरपालिका-८ का ४५ वर्षीय जितराम चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।