कञ्चनपुर। कञ्चनपुरमा एक जना लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-४ बसपार्कबाट ० दशमलब ३७ ग्राम लागुऔषधसहित सोहि नगरपालिकाको–१८ नम्बरका ३५ वर्षीय लक्ष्मण भट्टलाई बुधवार दिउसो प्रहरीले पक्राउ गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्क कन्चनपुरबाट खटिईएको संयुक्त प्रहरी टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।उनी माथी थप प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।