धनगढी। कैलालीको धनगढीबाट भन्सार छलिका कुखुरा बरामद गरिएका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–७ मोतीचोकबाट अबैध रुपमा भन्सार छलि अन्दाजी ६७ हजार छ सय मुल्य बराबरका ब्रोइलर कुखुरा तथा एक थान मोटरसाईकलसहित दुई जना पक्राउ परेका हुन्।
धनगढी उपमहानगरपालिका-१५ का २८ वर्षीय दिपेन्द्र चौधरीसहित दुई जनालाई बुधबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ। समानसहित दुबैजनालाई कारबाहीका लागि भन्सार कार्यालय त्रिनगरमा पठाएको छ।