धनगढी। धनगढीमा अज्ञात समुहले एक युवक माथी कुटपिट गरेका छन् । धनगढी उपमहानगरपालीका ३ स्थीत भाटभटेनी सडक अगाडी अज्ञात समुहले धनगढी १३ कैलाली गाउँका १८ बर्षिय दिपेन्द्र बिकमाथी कुटपिट गरेका हुन्।
मंगलबार बिहान ८ बजेको समयमा भाटभटेनी सडक अगाडी फोटो खिचीरहेको अवस्थामा बिकमाथी अज्ञात ब्यक्तीले सिसाको बोतल टाउकोमा प्रहार गरेको प्रत्यक्ष दर्शीले बताएका प्रहरीले जनाएको छ। टाउकोमा चोट लागेका बिकको धनगढी ३ स्थीत मायामेट्रो अस्पतालको आइसियु कक्षमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले कुटपिटको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। के कती कारणले घटना भएको हो भन्ने बारेमा सोधपुछ भैरहेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । धनगढीस्थीत भाटभटेनी अगाडी छ लेन सडक खण्डमा फोटो खिच्न तथा टिकटक बनाउन प्रतिबन्ध लगाइएको बताइएको छ ।


