काठमाडौँ। ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँले बुधबार यो प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन्।उक्त प्रकरणमा हालसम्म २२ जना पक्राउ परिसकेका छन् ।सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । अझै बढीमा ३० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने समय सीआईबीलाई छ।