कञ्चनपुर। कञ्चनपुरमा लागुऔधषसहित एक जना युवक पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ का २८ वर्षीय हेमराज भट्टलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो।
उनलाई गड्डाचौकीको ब्यारेल नजिकबाट फेनरागन ९ एम्पुल, रेक्सोजेसिक ११ एम्पुल, डाइजेपाम १ एम्पुल र ०.०६ ग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।