कञ्चनपुर। कञ्चनपुरमा भन्सार छलीका ११ थान मोटरसाइकल र कपडा बरामद गरिएका छन्। कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर-१८ भगतपुरमा भन्सार छलीगरी ल्याएका विभिन्न कम्पनीका ११ थान मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
गोप्य सुचनाको आधारमा सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ५ लाख २० हजार मुल्य बराबरको मोटरसाइकल बरामद गरेको हो। यस्तै भिमदत्त नगरपालिका वडा नम्बर–४ चमन चोकबाट अबैध कपडा बरामद गरिएका छन् ।
करिब १ लाख ५० हजार मुल्य बराबरका कोट पाईन्टका कपडा बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। बरामद गरिएका उक्त मोटरसाइकल र बेवारिसे अवस्थाका कपडा आवश्यक कार्वाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाईएको प्रहरीले बताएको छ। सो बारेमा थप अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।