दार्चुला। दार्चुलाको ब्याँस गाउँपालिकामा एक बालिकाको शव फेला परेको छ। आज (मंगलवार)दिउँसो दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकटस्थित महाकाली नदीको किनारमा एक बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार महाकाली नदीको किनारमा फेला परेको शवको पहिचान हुन सकेको छैन् । अन्दाजी १४/१५ वर्षीया मृतक बालिकाको नाम थर, वतन नखुलेको र घटनाको थप अनुसन्धान कार्य भैरहेको प्रहरीले बताएको छ।